Rome Statute of the International Criminal Court (Nepali)

सबै जनता साझा बन्धनबाट एकताबद्ध भएको, तिनका संस्कृतिहरू एकै साझा सम्पदाभित्र आबद्ध भएको कुरामा सचेत भएर र यो कमलो स्वरूप कुनै पनि बेला टुक्रिन सक्छ भन्ने कुरामा सरोकार राखेर,
यस शताब्दीमा करोडौँ बालबालिका, महिला र पुरुषहरू मानवताको सद्विवेकलाई गम्भीररूपमा चोट पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ अकल्पनीय ज्यादतीको शिकार भएको कुरालाई स्मरण गर्दै, यस्ता अपराधहरूले विश्वको शान्ति, सुरक्षा र भलाइलाई त्रस्त बनाउँछ भन्ने कुराको मान्यता राख्दै, सि·à¥ˆ अन्तर्राष्ट्रिय समुदायको सरोकारका गम्भीरतम अपराधहरू दण्डरहित रहनु हुँदैन र राष्ट्रिय तहमा उपाय अपनाएर र अन्तर्राष्ट्रिय सहयोग अभिबृद्धि गरेर तिनको प्रभावकारी अभियोजन सुनिश्चित गरिनै पर्छ भन्ने कुरालाई अभिपुष्टि गर्दै, यी अपराधहरूका कसूरदारहरूका लागि दण्डहीनताको अन्त्य गर्न र यसबाट यस्ता अपराधहरूको रोकथाममा योगदान पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ कुरामा कृतसङ्कल्प भएर, अन्तर्राष्ट्रिय अपराधहरूका लागि जिम्मेवारहरूउपर आफ्नो फौजदारी अधिकारक्षेत्रको प्रयोग गर्नु हरेक राज्यको कर्तव्य रहेको कुरा स्मरण गर्दै, संयुक्त राष्ट्रसङ्घको वडापत्रका उद्देश्य र सिद्धान्तहरूलाई, खासगरी सबै राष्ट्रले कुनै पनि राज्यको प्रादेशिक अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध वा राष्ट्रसङ्घका उद्देश्यहरूसँग अस·à¤¤ हुने कुनै तरिकाबाट त्रास वा बलको प्रयोग गर्नबाट अलग रहने कुरालाई पुनर्निश्चित गर्दै, यस सन्दर्भमा यस विधानको कुनै पनि कुरालाई, कुनै पनि राज्यपक्षले कुनै सशस्त्र द्वन्द्व वा कुनै पनि राज्यको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकारका रूपमा लिन नपाइने कुरामा जोड दिँदै, यी लक्ष्यहरू अनुरूप र वर्तमान र भावी पुस्ताका लागि संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गत सि·à¥‹ अन्तर्राष्ट्रिय समुदायको सरोकारका गम्भीरतम अपराधहरूउपर अधिकारक्षेत्र रहने गरी एक स्वतन्त्र स्थायी अन्तर्राष्ट्रिय à¤«à¥Œà¤œà¤¦à¤¾à¤°à¥€ अदालतको स्थापना गर्ने निधो गर्दै, यस विधानअन्तर्गत स्थापना हुने अन्तर्राष्ट्रिय फौजदारी अदालत राष्ट्रिय फौजदारी अधिकारक्षेत्रको परिपूरक हुने कुरामा जोड दिँदै, अन्तर्राष्ट्रिय न्यायको चिर सम्मान र कार्यान्वयनको प्रत्याभूतिप्रति प्रतिबद्ध भएर, निम्नानुसार सहमत भएका छन्ः
Category : Documents
Published on : 2002-07-01
Download PDF
 

Resources

Documents
Letters
Journals
Booklets
Papers/Articles
Others

Ratification Status

 
Rome Statute of the International Criminal Court (Nepali) | NCICC : : Nepal Campaign on the International Criminal Court